|

दाङ : दाङको तुलसीपुर उपमहानगरपालिका प्रमुख र उपप्रमुखमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्। 

प्रमुखमा टिकाराम खड्का ३१ हजार ४ सय ८ मत प्राप्त गरी विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका गेहेन्द्र गिरीले २७ हजार ७ सय १७ मत प्राप्त गरे। 

उपप्रमुखमा पनि एमालेकै स्यानी चौधरी विजयी भइन्। उनले नेकपा एकीकृत समाजवादीका जोगबहादुर राना मगरलाई पराजित गरिन्। चौधरीले ३० हजार ५ सय ९७ मत प्राप्त गर्दा रान मगरले २१ हजार ६५ मत मात्रै प्राप्त गरे। 

दाङका दुई उपमहानगरमध्ये यसअघि घोराहीमा पनि एमालेकै उम्मेदवार विजयी भएका थिए। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.