|

सुर्खेत : कर्णाली प्रदेश अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा सुरु गरिने भएकाे छ। अस्पतालका निर्देशक डा. डम्वर खड्काका अनुसार कर्णाली प्रदेश अस्पतालमा आउने विरामीहरु थप उपचारका लागि बाहिर जानु नपर्ने भएकाे छ। 

‘अधिकांश सेवाहरु हामीले यहीँबाट दिइरहेका छौँ, साउनबाट मिर्गौला प्रत्यारोपण सेवा पनि सुरु हुँदैछ,’ उनले भने, ‘कर्णालीको मात्रै नभएर देशकै उत्कृष्ट स्वास्थ्य सेवा प्रदायक अस्पताल बनाउँछौँ।’

अस्पतालले भर्खरै ब्लड बैंक सञ्चालनमा ल्याएकाे छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंको सहकार्यमा ब्लड बैंक सञ्चालनमा आएको हाे। कर्णाली प्रदेश अस्पतालमा मासिक १२० देखि १५० पिन्ट रगत आवश्यक पर्ने गर्दछ।

अब ब्लड बैंक सञ्चालनसँगै रगत अभावकाे समस्या हल हुने भएको अस्पतालका निर्देशक डा. खड्का बताउँछन्।

उनले ब्लड बैंक सञ्चालमा आएसँगै अब अस्पतालमा आउने विरामीका आफन्तहरु रगत खोज्दै भौँतारिनु नपर्ने बताए। ‘पहाडी तथा हिमाली जिल्लाहरूबाट आउने विरामी र तिनका आफन्तहरूलाई रगत खोज्न धेरै समस्या हुन्थ्यो,’ डा. खड्काले भने, ‘अब बिरामी र आफन्तहरूलाई रगत खोज्न कहीँ जानु पर्दैन।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.