|

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्ने नेपाल टी-२० लिगका लागि ६ वटा टोलीको नाम सार्वजनिक गरिएको छ। क्यानको मंगलबार बसेको बोर्ड बैठकले सहभागी ६ टोलीको नाम सार्वजानिक गरेको हो। साथै क्यानले खेलाडीको तलबसमेत वृद्धि गरेको छ। 

क्यानले टी-२० लिगमा विराटनगर, जनकपुर, काठमाडौं, पोखरा, फार वेस्टर्न र लुम्बिनी र भैरहवा गरि ६ टोलीको नाम सार्वजनिक गरेको हो। क्यानले नेपालमा सञ्चालन हुँदै आएका एभरेष्ट प्रिमियर लिग, पोखरा प्रिमियर लिग र धनगढी प्रिमियर लिगले अबदेखि राष्ट्रिय मान्यता नपाउने स्पष्ट पारेको छ।

क्यानले हालसम्म सञ्चालनमा रहेका फ्रेन्चाइजले नेपाली क्रिकेटमा पुर्‍याएको योगदानको कदर गर्दै धन्यवादसहित आफ्नै लिग आयोजना गर्ने हुँदा राष्ट्रिय मान्यता नदिने जनाएको छ। नेपाल टी-२० लिग आगामी ८ असोजदेखि ५ कात्तिकसम्म सञ्जालन हुनेछ। प्रतियोगिता होम तथा अवेका रुपमा डबल राउन्ड रोबिनको आधारमा हुने जनाइएको छ।

क्यानले सेन्ट्रल कन्ट्रयाक्टमा रहेका खेलाडीलाई मासिक पारिश्रमिकमा १० हजार रूपैयाँ वृद्धि गरेको छ। महिलातर्फ सी ग्रेडमा रहेका खेलाडीलाई मासिक पारिश्रमिकमा ५ हजार वृद्धि गर्ने जनाएको छ। साथै ए र बी ग्रेडमा रहेका खेलाडीको ६ हजार पारिश्रमिक वृद्धि गर्ने उल्लेख छ। मैदान कर्मचारीको पारिश्रमिक ३ हजार र कार्यालय सहयोगीको ५ हजार साथै मैदान क्युरेटरको पारिश्रमिकमा ६ हजार रूपैयाँ वृद्धि गरिएको उल्लेख छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.