|
दुर्घटना भएको ट्याक्टर। तस्वीर : टेकसिंह धामी

धनगढी : अछाममा मलामी बोकेको ट्याक्टर दुर्घटना भएको छ। दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ। दुर्घटनामा २३ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ।

जिल्लाको पञ्चदेवल विनायक नगरपालिका-४ कालिकास्थान टोट्केसालमा भे १ त ८९३७ नम्बरको ट्याक्टर दुर्घटना हुँदा सोही नगरपालिका वडा नम्बर १ का अमरनाथ धमलाको घटनास्थलमै मृत्यु भएको हो।

हाइड्रोलिक लिक भएर ट्याक्टरको ट्रली पल्टिँदा दुर्घटनामा परेको बताइएको छ। दुर्घटनामा घाइते भएकाहरूलाई उपचारका लागि मंगलसैन ल्याइँदै गरेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.