|

प्रजातान्त्रिक जनगणतन्त्र कोरियाले पूर्वतर्फ क्षेप्यास्त्र प्रहार गरेको छ। उसले आफ्नो पूर्वी जलक्षेत्रमा तीनवटा क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाका संयुक्त चिफ अफ स्टाफ (जेसीएस) ले बताएका छन्।

जेसीएसले स्थानीय समय अनुसार क्रमशः बिहान ६, ६ : ३७ र ६ : ४२ बजे प्योङयाङको सुनान क्षेत्रबाट प्रक्षेपण पत्ता लगाएको हो। योसँगै यो वर्ष उत्तरकोरियाले १७ औँ पटक क्षेप्यास्त्र प्रक्षेपण गरेको छ।

दक्षिणकोरियाका राष्ट्रपति युन सुक–योलले उत्तरकोरियाको क्षेप्यास्त्र प्रक्षेपणपछि राष्ट्रिय सुरक्षा परिषद् (एनएससी) को बैठक गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.