|

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रकै अन्तर्घातकै कारणले चुनावमा पार्टीले धेरै ठाउँमा हार व्यहोरेको बताएका छन्। 

एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले पार्टीभित्रको अन्तर्घातको विषयमा गम्भीर समीक्षा हुने बताएका छन्। 

ओलीको भनाइलाई उदृत गर्दै एक सांसदले भने, ‘हामी अरूको कारणले चुनावमा हारेका छैनौँ। पार्टीभित्रै अन्तर्घात बढ्यो। महानगर र उपमहानगरमा उपप्रमुख जित्दा प्रमुख जित्न सकेनौँ। यसले पार्टीभित्रबाटै अन्तर्घात भएको बुझिन्छ।’

बैठकमा ओलीले सरकारले ल्याएको नीति तथा कार्यक्रम चिरफार गर्दै सशक्त, तर्क युक्त र तथ्यपरक ढंगले संसदमा प्रस्तुत हुन  सांसदहरुलाई निर्देशन दिएका छन्। 

स्थानीय तहको निर्वाचनमा एमालेले सोचेजस्तो परिणाम ल्याउन सकेको छैन। भर्खरै सम्पन्न स्थानीय निर्वाचनमा एमाले पहिलो स्थानबाट दोस्रो स्थानमा पुगेको छ। देशभरमा करिब २०० स्थानमा  मात्र एमालेले नेतृत्व पाएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.