विराटनगर : किराँतीहरुकाे महान चाड उँभौली पर्व मोरङको बेलबारीमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाएको छ। किराँत राई यायोक्खा नगर कार्यसमिति बेलबारीको आयोजनामा विभिन्न कार्यक्रम गरी उँभौली पर्व मनाइएको हो।
किराँतीहरु प्रकृतिका पूजक भएकाले नयाँ बाली लगाउने समय, जमिन र इष्ट देवताको पूजा आराधना गरी मनाइने प्रचलन रहेको किराँत राई बान्तवा खिमका केन्द्रीय अध्यक्ष ज्ञान राईले बताए।
वैशाख पूर्णिमाको दिनदेखि साकेला नृत्य गर्दै सुरु भएको उँभौली पर्व करिब एक महिना मनाउने चलन रहेको छ। हेर्नुहाेस् फोटोफिचर।
तपाईंको ईमेल गोप्य राखिनेछ ।