|

विराटनगर : मोरङको जहदा गाउँपालिका-२,बैरियामा श्रीमतीकाे हत्या गरेको आरोपमा प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ।

जहदा २ का ४३ वर्षीय दिनेश कुमार राजभरले ३५ वर्षीय श्रीमती गीतादेवी राजभरलाई हत्या गरेको आरोपमा बुधबार प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।​

श्रीमती हत्या गरेको पाँच दिनपछि दिनेश पक्राउ परेको मोरङ प्रहरी प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए। उनका अनुसार दिनेशले जेठ ६ गते राति ९ बजे धारिलो हतियार प्रयोग गरी श्रीमतीको हत्या गरेका थिए।

श्रीमतीको हत्या गरेपछि दिनेश फरार भएका थिए। प्रहरीले तीव्र खोजी कार्य गरेपछि उनलाई बुधबार लुकिरहेको अवस्थामा विराटनगरदेखि पक्राउ गरिएको डिएसपी श्रेष्ठले बताए।

घरायसी विवादलाई लिएर श्रीमतीको हत्या गरेको प्रारम्भिक चरणको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

पक्राउ परेका दिनेशलाई मोरङ प्रहरीले कर्तब्य ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु गरेको डिएसपी श्रेष्ठले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.