|

बागलुङ : वैदेशिक रोजगारी ठगी कसुरमा फरार रहेका एक प्रतिवादी पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय बागलुङले वैदेशिक रोजगारी ठगी कसुरमा बागलुङ १२ अमला चौरका ४२ वर्षीय प्रकाश शर्मालाई पक्राउ गरेकाे हाे।

शर्मालाई वैदेशिक रोजगार न्यायाधीकरणको इजलास काठमाण्डौंबाट २०७७ चैत १७ गते एक वर्ष ५ महिना कैद र एक लाख ५० हजार जरिवाना फैसला सुनाइएको थियो।

फैसला सुनाइएका फरार प्रतिवादी घरमै लुकेर बसेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बागलुङले बुधबार घरबाटै उनलाई पक्राउ गरेको हाे।

पक्राउपछि उनलाई जिल्ला अदालत बागलुङमा बुझाइएको प्रहरी नायव उपरीक्षक इन्द्र बहादुर रानाले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.