|

काठमाडौं : स्वास्थ्य अनुसन्धान परिषद्का तालिम अधिकृतलाई परिषद्‌मा इन्टर्नसिपमा कार्यरत एक युवतीलाई दुर्व्यवहार गरेको आरोप लागेको छ।

इन्टर्नसिपमा कार्यरत एक युवतीलाई यौन दुर्व्यवहार गरेको आरोप लागेपछि हाल परिषद्ले तालिम अधिकृत विजयकुमार झालाई निलम्बन सहितको कारबाहीको निर्णय समेत गरेको छ।

युवतीलाई शनिबार कार्यालयमा बोलाएर दुर्व्यवहार गरेको आरोप लागेको छ। तालिम अधिकृत झाले दुर्व्यवहार गरेपछि युवतीले कारबाहीको मागसहित आफन्तको सहयोगमा परिषद्‌मा  निवेदन दिएपछि परिषद्‌ले कारबाही प्रक्रिया अगाडि बढाएको समेत परिषद्का कार्यकारी सदस्य सचिव डा. प्रदीप ज्ञवालीले बताए।

हाल पीडितले निवेदन दिएपछि निलम्बन सहित परिषद्‌को विनियमावलीअनुसार झामाथि कारबाही प्रक्रिया अगाडि बढाइएको डा. ज्ञवालीले बताए। ‘दुर्व्यवहार गरेको निवेदन परेको छ, नियम कानुनअनुसार पीडकलाई हामीले कारबाही गर्नेछौँ, अहिले छानबिन हुँदै छ’‚ उनले भने।

झा यसअघि पनि २०७६ सालमा महिला सहकर्मीमाथि दुर्व्यवहार गरेको फेला परेपछि दुई महिना निलम्बनमा परेका थिए।

 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.