|

सुर्खेत : कर्णाली प्रदेशमा गर्भवतीको हवाइ उद्धार कार्य प्रभावकारी देखिएको छ। यस कार्यक्रमबाट हालसम्म तीन सय ६२ जना महिलाले सेवा लिइसकेका छन्।

आर्थिक वर्ष २०७५/०७६ देखि दुर्गम हिमाली तथा पहाडी क्षेत्रमा गर्भवती तथा सुत्केरी हुने जोखिम अवस्थाका महिलालाई हवाई उद्धार गर्ने उद्देश्यका साथ याे कार्यक्रम सुरु भएको।

२०७५/०७६ मा २६ जना, २०७६/०७७ मा ८७ जना, २०७७/०७८ मा एक सय तीन जना सुत्केरी महिलाले यो सेवा लिएका हुन्। चालु आर्थिक वर्षको वैशाखसम्म नेपालभर स्वास्थ्य जोखिममा रहेका एक सय ४६ जना सुत्केरी महिलाको उद्दार भईसकेको छ।

कर्णाली प्रदेशमा मात्रै चालु आर्थिक वर्षको वैशाखसम्ममा कूल ४५ जना महिलाको उद्दार भएको हाे।

दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरूका लागि हवाई उद्धारका साथै सुत्केरी पोषण स्याहार तथा यातायात सहयोगका लागि सरकारले एकमुष्ट बीस हजार रुपैयाँ समेत उपलब्ध गराउँदै आएको छ।

हवाई सेवा उद्धार कार्यक्रम अन्तर्गत कर्णाली प्रदेशमा रुकुम पश्चिम, जाजरकोट, डोल्पा, कालिकोट, मुगु र हुम्लामा यो कार्यक्रम पूर्ण रुपमा लागू भएको राष्ट्रपति कार्यालयकी सूचना अधिकारी अर्चना खड्काले जानकारी दिइन्।

त्यसैगरी जुम्लाको चन्दननाथ नगरपालिका बाहेकका सबै स्थानीय तह, सल्यानमा कपुरकोट गाउँपालिका बाहेक सबै स्थानीय तह र दैलेखमा गुराँस गाउँपालिका बाहेक सबै स्थानीय तहमा हवाई सेवा उद्वार कार्यक्रम सञ्चालनमा रहेको छ।

‘दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरुका लागि हवाई उद्धार कार्यविधि’ अनुसार हवाई उद्धार भइरहेको छ। कार्यविधिमा धेरै दिन प्रश्रव व्यथा लागेको, बच्चा जन्माउन कठिनाइ भएको, गर्भमै बच्चाको मुत्यु भएको, गर्भवती अवस्थामा अत्यधिक शरीर सुन्निएको, सुत्केरी पश्चात् अत्यधिक रक्तश्राव भएको, रक्तअल्पता भएको, गर्भवती तथा स्थानीय स्वास्थ्य संस्थाबाट उपचार हुन नसकेका सुत्केरी तथा गर्भवतीलाई हवाई उद्धार गरिने' तोकिएको छ।

पछिल्लो हवाई उद्धार सम्बन्धी कार्यविधि संशोधन गरेर हेलिकप्टर जाने क्षेत्र बढाइएको छ भने उद्धार भएर जानेलाई यातायात खर्च पनि दिने गरिएको छ। यातायात खर्च वापत रु.२० हजार दिन थालिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.