|

काठमाडौं : दुई सातादेखि जारी काठमाडौं महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुगेको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार अब ७ सय मत गन्न बाँकी छ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको पछिल्लो मत परिणाम अनुसार प्रमुख पदमा जित पक्का गरिसकेका स्वतन्त्र उम्मेदवार बालेन साहले ६१ हजार ३ सय ९० मत ल्याएका छन्। 

नेपाली कांग्रेसकी सिर्जना सिंहले ३८ हजार १ सय ८७ र नेकपा एमालेका केशव स्थापितले ३७ हजार ९ सय ४४ मत प्राप्त गरे। आँखीझ्याल चुनाव चिन्हबाट स्वतन्त्र उम्मेदवारी दिएका सुमन सायमीले  १३ हजार ७ सय मत ल्याए। 

उपप्रमुख पदमा भने नेकपा एमालेकी सुनिता डंगोलले ६८ हजार २ सय ९० मत ल्याएकी छिन्। उनका प्रतिस्पर्धी सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले २३ हजार ६ सय ६१ मत प्राप्त गरेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.