|
तस्वीर सौजन्य : मुख्य निर्वाचन अधिकृतको कार्यालय पोखरा

काठमाडौं : स्थानीय तह निर्वाचन, २०७९ अन्तर्गत पोखरा महानगरपालिकामा नवनिर्वाचित पदाधिकारीहरूले आज शपथ ग्रहण गरेका छन्। पोखरास्थित सभागृहमा घोषणा सभा‚ प्रमाणपत्र वितरण तथा शपथ ग्रहण सम्पन्न भएको कास्कीका मुख्य निर्वाचन अधिकृत श्रीकृष्ण भट्टराईले बताए।

कास्कीका मुख्य निर्वाचन अधिकृत तथा जिल्ला अदालत कास्की का न्यायाधीश भट्टराईको अध्यक्षता तथा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो।

जिल्लाको स्थानीय तह निर्वाचन सुरक्षित र मर्यादित तवरले सम्पन्न गर्न उत्कृष्ट भूमिका निर्वाह गरेको भन्दै मुख्य निर्वाचन अधिकृत भट्टराईले जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरीक्षक रमेश थापा, प्रहरी नायव उपरीक्षक द्वय सुन्दर तिवारी र युवराज भण्डारीलाई प्रशंसा पत्र प्रदान गरे।

मुख्य निर्वाचन अधिकृतको कार्यालय पोखरा महानगरपालिकाले निर्वाचन सफल बनाउन सहयोग गर्ने सबैप्रति हार्दिक आभार व्यक्त गरेको छ।

 


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.