|

जनकपुरधाम : न्यूनतम पारिश्रमिक निर्धारण समितिकी अध्यक्ष संगीता खड्काले श्रमजीवी पत्रकार ऐनलाई समयानुकूल परिमार्जन गर्नुपर्ने बताएकी छन्।

बिहीबार जनकपुरधाममा आयोजित श्रमजीवी पत्रकार ऐन कार्यान्वयनको अवस्था, चुनौति र भावी रणनीति विषयक प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष खड्काले यस्ताे बताएकी हुन्।

ऐनमा भएका कतिपय अव्यवहारिक व्यवस्थाका कारण ऐन कार्यान्वयनमा चुनौति देखिएको भन्दै अध्यक्ष खड्काले यस बिषयमा समितिले विज्ञहरुसँग सल्लाह गरी सरकारलाई सुझाव दिने बताइन्।

नेपाल पत्रकार महासंघ धनुषाको समन्वय र न्यूनतम पारिश्रमिक निर्धारण समितिकाे  आयोजनामा कार्यक्रम सम्पन्न गरिएकाे हाे।

नेपाली मिडियाको प्रमुख चुनौतिको बिषय नै श्रमजीवी पत्रकार ऐन कार्यान्वयन भएकाे र अझै ठूला मिडियाहरुमा ऐन कार्यान्वयन भएको अवस्था नरहेकाे अध्यक्ष खड्काले बताइन्।

उनले भनिन्, 'पहिला ठूला मिडिया त्यसपछि सरकारी सञ्चारमाध्यममा ऐन लागू गराउने र पछि अन्य मिडियामा ऐन कार्यान्वयन गराउने नीति बनाएकी छु। श्रमजीवी पत्रकारहरुको पारिश्रमिक पूर्णकालीन र अल्पकालीन हिसाबले पनि निर्धारण गर्नुपर्ने छ।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.