|

जनकपुरधाम :  नेपाली कांग्रेसका पूर्व उपसभापति एवं केन्द्रीय सदस्य विमलेन्द्र निधिले जनकपुरमा फोहोर व्यवस्थापन चुनौतिको रूपमा देखिएको भन्दै यसलाई प्राथमिकतामा राखेर योजना बनाउन आग्रह गरेका छन्।

जनकपुरधाम उपमहानगरपालिकामा आज नवनिर्वाचित जनप्रतिनिधिहरूको सपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै नेता निधिले जनकपुरधाममा एडिबी बाहेकका सडकहरू आफू भौतिक मन्त्री छँदा निर्णय गरेर निर्माण गर्न लगाएको समेत जानकारी गराए।

पूर्व उपप्रधानमन्त्री समेत रहेका निधिले बोल्दै दलीय भावना भन्दामाथि उठेर विकासको यात्रालाई अगाडि बढाउनु पर्ने  बताए। जनकपुरको समग्र विकासका लागि दलीय राजनीतिभन्दा माथि उठेर काम गर्नुपर्ने भन्दै नेता निधिले ऐतिहासिक धरोहर जनकपुरलाई सम्मानपूर्वक अगाडि बढाउन आग्रह समेत गरे।

उनले जनकपुरमा आउटर रिङ्ग रोड निर्माणको योजना अघि सार्न नवनिर्वाचित पदाधिकारीहरूलाई ध्यानाकर्षण गराए।

निधिले धार्मिक पर्यटन, सांस्कृतिक पर्यटन, व्यापार प्रवर्द्धनका लागि जनकपुरलाई भारतको कोलकत्ता र अयोध्या जोड्न जरूरी रहेकोले यसका लागि काम गर्न नवनिर्वाचित प्रतिनिधिहरूलाई सुझाव समेत  दिए।

अहिलेको स्थानीय तह विगतको जस्तो निरीह नरहेको भन्दै उत्साह र निष्‍ठाका साथ पालिकाको कार्यसम्पादन गर्न आग्रह गर्दै नवनिर्वाचित जनप्रतिनिधिहरूले जनकपुर र यहाँका नगरवासीको पक्षमा काम गर्नुपर्नेमा नेता निधिले जोड दिएका हुन्।

जसपाले जनकपुरमा कांग्रेसले धोका दिएको आरोप लगाइरहँदा निधिले मेयरमा निर्वाचित मनोज कुमार साह बागी भएर नभइ स्वतन्त्र चुनाव लडेको जिकिर  समेत गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.