|

काठमाडौं : यतिवेला गायक नितेशजंग कुँवर र भ्लगर, मोडल तथा गायिका समृद्धि राई प्रेममा रहेको चर्चा चलिरहेको छ। नितेशले आफ्नो इन्स्टाग्राम अकाउन्टमा 'विद माई क्विन' भन्दै समृद्धिसँगको फोटो स्टोरीमा राखेपछि उनीहरूको प्रेमको चर्चा चुलिएको हो। 

नितेशले राखेको उक्त स्टोरीलाई समृद्धिले पनि आफ्नो स्टोरीमा एड गर्नुले उनीहरू प्रेममा रहेको कुरालाई थप पुष्टि गरेको बुझिएको छ। योबाहेक अन्य माध्यमबाट आफूहरू प्रेममा रहेको कुरा औपचारिक रुपमा भने खुलाएका छैनन्। 

'हाम्रो नेपालमा', 'गेडै जस्तो जिन्दगी', 'खोलै खोला तिरै तिर', 'फ्लर्टी माया' लगायतका चर्चित गीत गाएका नितेशले गत वर्ष संगीत क्षेत्रबाट टाढा जाने घोषणा गरेका थिए। त्यसपछि उनले अंग्रेजी गीत मात्रै गाएका छन्। 

सन २०१० को मिस नेपालमा अन्तिम ५ सम्म पुगेकी समृद्धि भ्लगर र गायिका पनि हुन्। उनका 'म चाहिँ नेपाली', 'प्रयास', 'आशा', 'म दामी छु' लगायत गीत चर्चित छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.