|

धनकुटा : धनकुटामा एमाले र माओवादी केन्द्र सहमति गरेर उल्लंघनको होडबाजीमा लागेका छन्।

जिल्लामा कार्यपालिका निर्वाचनको विषयमा एमाले र माओवादीले ५ बुँदे सहमति गरी कसले पहिला उल्लंघन गर्ने भन्नेमा लागेको देखिएको छ। यता उनीहरु भने आफूले सहमति पालना गरेर अर्कोले उल्लंघन गरेको आरोप लगाइ रहेका छन्।

कार्यपालिका निर्वाचनका लागि महालक्ष्मी नगरपालिकामा एमालेले ५, माओवादी केन्द्र ३, धनकुटा नगरपालिकामा एमालेले ५, माओवादी केन्द्र ३, छथर जोरपाटीमा एमालेले २, माओवादी केन्द्र ४, पाख्रिबास नगरपालिकामा एमालेले ७, माओवादी केन्द्र १, चौबिसे गाउँपालिकामा एमालेले ५, माओवादी केन्द्र १, साँगुरीगढी गाउँपालिकामा एमालेले ५, माओवादी केन्द्र १ र सहिदभूमि गाउँपालिकामा एमालेले ५, माओवादी केन्द्र १ सदस्य लिने गरी सहमति गरेका थिए।

तर, नेकपा एमाले धनकुटाले कार्यपालिका निर्वाचनमा माओवादी केन्द्रले धोका दिएको आरोप लगाएको छ। एमालेले पत्रकार सम्मेलनकै आयोजना गरेर कार्यपालिका निर्वाचनमा मा एउटा सहमति गरेर माओवादीले अर्कैलाई मत दिएको आरोप लगाएकाे छ। एमाले धनकुटा अध्यक्ष इन्द्रमणि पराजुलीले जसले जता धोका दिएपनि एमाले धनकुटामा पहिलो पार्टी भएको बताए।

उनले माओवादीमा राजनैतिक बेइमानी भएको आरोप लगाए। तर, उनले पाख्रिबास नगरपालिका, साँगुरीगढी गाउँपालिका र सहिदभूमि गाउँपालिकामा एमालेको एकल बहुमत भएको ठाउँमा माओवादीलाई मत नदिएको विषयमा केही खुलाउन चाहेनन्।

पराजुलीले धनकुटा नगरपालिकामा माओवादीलाई मत दिएको मात्रै बताउन चाहे यस्तै चौबिसे गाउँपालिकामा एक जना माओवादीलाई सहयोग गरेको बताए। धनकुटा नगरपालिकामा गठबन्धनको स्वत बहुमत र चौबिसे गाउँपालिकामा एमालेको एकल बहुमत भएको ठाउँ हो।

माओवादी केन्द्र धनकुटाका संयोजक डिल्लीराम राईले भने सहिदभूमि, साँगुरीगढी गाउँपालिका र पाख्रिवास नगरपालिकामा एमालेले धोका दिएपछि अन्य ठाउँमा सहमति उल्लघंन भएको जानकारी दिए। राईले सात वटै तहको लागि सहमति भएको भएपनि एमाले आफू अल्पमतमा परेको ठाउँमा साथ खोजेको र बहुमतमा भएको ठाउँमा एक्लै जान खोजेको राईले बताए।

उनीहरु बीच भएको सहमति अनुसार चौबिसे, सहिदभूमि, साँगुरीगढी गाउँपालिका र पाख्रिवास नगरपालिकामा एमालेको बहुमत भएपनि माओवादी केन्द्रलाई १/१ जना कार्यपालिका सदस्य निर्वाचित गराउन एमालेले सहयोग गर्ने भनिएकाे थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.