|
तस्वीर सौजन्य: मुख्य निर्वाचन अधिकृतको कार्यालय पोखरा

काठमाडौं : पोखरा महानगरपालिकाको कार्यपालिका सदस्य निर्वाचन २०७९ को लागि मतदान सुरु भएको छ। कार्यपालिकाको महिला र दलित वा अल्पसंख्यक सदस्य पदको निर्वाचनका लागि पोखरास्थित राष्ट्रिय भूमि आयोगको सचिवालयमा मतदान भइरहेको मुख्य निर्वाचन अधिकृत श्रीकृष्ण भट्टराईले बताए।

नगर कार्यपालिका निर्वाचनमा १६७ जनाले मतदान गर्ने मुख्य निर्वाचन कार्यालय पोखराले जनाएको छ। नगर कार्यपालिका निर्वाचनको लागि आज बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म मतदान गर्न समय दिएको छ। मतदानअघि मुख्य निर्वाचन अधिकृत  भट्टराईको अध्यक्षतामा सर्वदलीय बैठक बसेको थियो।

नेपालको संविधानको धारा २१५ को उपधारा ४ अनुसार गाउँ सभाको निर्वाचनको अन्तिम परिणाम प्राप्त भएको मितिले १५ दिनभित्र कार्यपालिकालाई पूर्णता दिनुपर्ने व्यवस्था छ। गाउँ सभाले गाउँपालिकामा वडाबाट जितेका ४ जना वडा महिला सदस्य र नगरपालिकामा ५ जनालाई निर्वाचनमार्फत कार्यपालिका सदस्यको रुपमा लैजानुपर्ने कानुनी व्यवस्था रहेको छ।

त्यसैगरी, पालिकामा बसोबास गर्ने दलित वा अल्पसंख्यक समुदायबाट गाउँपालिका २ जना र नगरपालिकामा ३ जनालाई गाउँसभा सदस्यहरुले निर्वाचन प्रक्रियाबाट निर्वाचित गरेर कार्यपालिका सदस्यमा छनौट गर्नुपर्ने व्यवस्था छ।

केही तस्वीर झलक :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.