|

काठमाडौं: स्थानीय तह निर्वाचन सुरक्षाका लागि प्रभावकारी भूमिका निर्वाह गरेकोमा सप्तरीका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक अबि नारायण काफ्ले सम्मानित भएका छन्।

स्थानीय तह निर्वाचन २०७९ लाई जिल्लामा स्वच्छ, मर्यादित र भयरहित वातावरणमा सम्पन्न गर्न उनले खेलेका भूमिकाको उच्च मूल्यांकन गरी मुख्य निर्वाचन अधिकृतको कार्यालयले एसपी काफ्लेलाई सम्मान गरेको हो।

बिहीबार एक कार्यक्रमका बीच मुख्य निर्वाचन अधिकृत चन्द्रमणि ज्ञवाली र सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले एसपी काफ्लेलाई प्रशंसा पत्र प्रदान गरेका प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए।

 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.