|

काठमाडौं : थाहाखबर ले प्रत्येक शनिवार साताभरिका गतिविधि समेटेर 'साताका तस्विर' प्रकाशन गर्दै आएको छ। यसपटक पनि हामीले साताभरिका महत्त्वपूर्ण केही तस्विर समेटेका छौँ।

यो साता सरकारले १५ औँ गणतन्त्र दिवस मनायो भने त्यसै दिन आर्थिक वर्ष २०७९/०८० का लागि बजेट संसदमा पेश गर्‍यो। काठमाडौं महानगरका नवनिर्वाचित प्रमुखले यही साता पदभार ग्रहण गरे।

यही साता देशले अत्यन्त दु:खद घटना बेहोर्नु पर्‍यो। पोखराबाट जोमसोम जाँदै गरेको तारा एयरको जहाज दुर्घटनाग्रस्त भयो। चालक दलका तीन सदस्य र १९ यात्रुले ज्यान गुमाए।

तस्विरमा हेर्नुहोस् साताका प्रमुख घटना–

 दिवसको औपचारिकता :  गणतन्त्र दिवसको अवसरमा काठमाडौंको टुँडिखेलमा नेपाली सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि।

बजेटको ब्रिफकेस : बजेट प्रस्तुत गर्न संसद् प्रवेश गर्ने क्रममा अर्थमन्त्री जनार्दन शर्मा ।

नयाँ जनप्रतिनिधिको उत्साह : काठमाडौं महानगरका नवनिर्वाचित प्रमुख बालेन साह उपप्रमुख सुनिता डंगोललाई शपथ गराउँदै।

दु:खको क्षण : तारा एयरको विमान दुर्घटनामा मृत्यु भएकाको शव काठमाडौंमा।

अन्त्येष्टिको तयारी :  विमान दुर्घटनामा ज्यान गुमाएकाको अन्त्येष्टिका लागि स्वयम्भूमा तयार पारिएको चिता।

आफ्ना गुमाउँदाको पीडा : विमान दुर्घटनामा आफन्त गुमाएपछि शोकाकुल युवती।

फुर्सदमा भलाकुसारी : गाडीभित्र गफ गर्दै सशस्त्र प्रहरीका दुई जवान।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.