|

काठमाडाै‌ : वैशाख ३१ गते ३ प्रदेशका ३४ जिल्लाका २ सय ८३ स्थानीय तहमा पहिलो चरणको निर्वाचन हुँदैछ। यो निर्वाचनमा सबै ठाउँका गरी जम्मा ४९ हजार ३ सय ३७ जना उम्मेदवारहरु विभिन्न पदमा प्रतिस्पर्धामा छन्।

यस पटकको चुनावका लागि सबै पदमा गरेर १९ हजार ३ सय ३२ अर्थात कुल उम्मेदवार संख्याको ३९ दशमलव १८४ प्रतिशत महिला उम्मेदवार छन्। त्यसो भए प्रमुख पदमा नि?

प्रमुख पदमा प्रतिस्पर्धा गर्ने महिलाको संख्या भने निकै कम छ। वडा अध्यक्षमा प्रतिस्पर्धा गर्ने महिलाको संख्या ४ सय ४८ मात्रै छ। जबकी यही पदका लागि १० हजार २ सय ९६ पुरुष प्रतिस्पर्धामा छन्। 

नगरप्रमुख तथा गाउँपालिकाको अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने महिलाको संख्या १ सयीय ५७ छ। त्यसमध्ये पनि प्रमुख दलका तर्फबाट कमैमात्र महिलाहरु प्रमुख पदको प्रतिस्पर्धामा छन्। जबकी नगरप्रमुख तथा अध्यक्ष पदमा १ हजार ७ सय २३ जना पुरुषहरुको उम्मेदवारी परेको छ। 

दुइजना खुला वडा सदस्य पदका लागि १७ हजार सात सय २९ पुरुषको उम्मेदवारी परेको छ। यस पदमा ९ सय ५१ जना मात्र महिला रहेका छन्। महिला वडा सदस्य ९ हजार ८३ र दलित महिला वडा सदस्य सात हजार पाँच सय २६ जना छन्। 

स्थानीय तह निर्वाचन ऐन २०७३ ले राजनीतिक दलले उम्मेदवार मनोनयन गर्दा नगरप्रमुख वा अध्यक्ष र उपप्रमुख वा उपाध्यक्षमध्ये एक जना महिला र एक जना पुरुष हुनुपर्ने व्यवस्था गरेको छ। त्यसैगरी वडा सदस्य पदका लागि ४० प्रतिशत महिला हुनैपर्ने व्यवस्था गरेको छ।

कस- कसले दिए प्रमुख पदमा उम्मेदवारी?

पहिलो चरणमा हुन लागेको स्थानीय तह निर्वाचनका लागि  उपप्रमुखमा अधिकांश राजनीतिक दलहरुले महिला उम्मेदवारलाई प्राथमिकता दिएका छन्। तर पहिलो चरणको निर्वाचन हुने २ सय ८३ स्थानीय तहमध्ये थोरै तहमा मात्मारै महिलाले प्रमुख पदमा उम्मेदवारी दिएका छन्। 

महिला प्रमुख बनाउनेमा माओवादी केन्द्र अघि

पहिलो चरणको निर्वाचनमा प्रमुख पदमा उम्मेदवारी दिने महिलामध्ये माओवादी केन्द्रबाट उम्मेदवारी दिनेहरुको संख्या अन्य पार्टीको तुलनामा बढी छ। तर उसले पनि थोरै मात्र ठाउँमा महिलालाई प्रमुखको उम्मेदवार बनाएको छ। २ सय ८३ स्थानीय तहमध्ये १४ तहमा प्रमुख पदका लागि माओवादीबाट महिलाको उम्मेदवारी परेको छ। पहिलो चरणका लागि एमालेबाट प्रमुख पदमा १३, कांग्रेसबाट ७ र राप्रपाबाट ६ जना महिलाको उम्मेदवारी परेको छ। 

हेर्नुहोस, को-को छन् प्रमुख पदका महिला उम्मेदवार?

नेकपा माओवादी केन्द्र

१ रेणु दाहाल भरतपुर महानगरपालिका, चितवन
२ जानुका सापकोटा पनौती नगरपालिका, काभ्रे
३.रीता ढकाल, मण्डन देउपुर नगरपालिका काभ्रे
४.सरस्वती लामा, धुलिखेल नगरपालिका काभ्रे
५.साबित्रादेवि पाण्डे गजुरेल, कमलामाइ नगरपालिका, सिन्धुली
६. प्रतिमा श्रेष्ठ, मध्यपुरठिमी नगरपालिका भक्तपुर
७ जुनकुमारी बोहोरा ,ठूली भेरी नगरपालिका ,डोल्पा
८. प्रवीणा अधिकारी माछापुच्छ्रे गाँउपालिका कास्की
९. राधा सापकोटा मादी गाँउपालिका कास्की
१०. दीपा बोहरा, सुनकोशी गाँउपालिका सिन्धुली
११. सुषन खनाल मध्यविन्दु नगरपालिका नवलपरासी
१२. कल्पना कार्की आधीखोला गाउँपालिका स्याङजा
१३. लक्ष्मी लामा नासोङ गाँउपालिका मनाङ
१४. लक्ष्मी थापामगर ज्वालामुखी गाँउपालिका धादिङ

नेकपा एमाले

१. भगवती न्यौपाने, भानु नगपालिका, तनहुँ 
२. चन्द्रा पुन, कावासोती नगरपालिका, नवलपुर
३. सीमा क्षत्री, पुतलीबजार नगरपालिका, स्याङ्जा
४. दानकला सिंह, महावै नगरपालिका, कालिकोट
५. प्रभा बराल, राप्ती नगरपालिका, चितवन 
६. विन्दा ढुङ्गाना, सुर्यगढी गाउँपालिका, नुवाकोट
७. सीता अधिकारी, कालिका गाउँपालिका, रसुवा
८. दिलकुमारी छन्त्याल, तमानखोला गाउँपालिका, बाग्लुङ
९. थमसरा पुन, धौलागिरी गाउँपालिका, म्याग्दी
१०. सूर्यकुमारी गुरुङ, चुननुब्री गाउँपालिका, गोरखा
११. आशा स्वर्णाकार (बाफी सुनार), भूमे गाउँपालिका, रुकुम
१२. भीमलादेवी चन्द, दार्मा गाउँपालिका, सल्यान
१३. सोनाम छिरिङ लामा, मुगम कर्मारुम गाउँवालिका, मुगु

नेपाली कांग्रेस

१. लक्ष्मी पाण्डे, हुस्सेकोट गाउँपालिका, नवलपरासी
२. माया राना, म्याग्दे गाउँपालिका, तनहुँ
३. गण्डकी थापा अधिकारी, डीगाड गाउँपालिका, बाग्लुङ
४. अनिता लामा, चामे गाउँपालिका, मनाङ
५. कान्तिका सेजुवाल, चन्दनाथ नगरपालिका, जुम्ला
६. गंगा दाहाल, दुधौली नगरपालिका, सिन्धुली
७. छुपीमाया गुरुङ, दूधपोखरी गाउँपालिका, लमजुङ

राप्रपा

१. गंगा लामा, हेलम्बु गाउँपालिका, सिन्धुपाल्चोक
२.अलिसा नेपाली, दार्मा गाउँपालिका, सल्यान
३. देवकी बुढाथोकी, भीमेश्वर नगरपालिका, दोलखा
४. गीता गुरुङ, पोखरालेखनाथ महानगरपालिका, कास्की
५. लक्ष्मी जिम्बा, बकैया गाउँपालिका, मकवानपुर
६. शोभा शाही, भेरी नगरपालिका, जाजरकोट

विवेकशील दल

रञ्जु न्यौपाने (दर्शना) काठमाडौं महानगरपालिका

नेमकिपा

शोभा त्वाती, सूर्यविनायक नगरपालिका, भक्तपुर

परिवार दल (एक जना)

हरिप्रिया अधिकारी, सूर्यगढी गाउँपालिका, नुवाकोट।

* एमालेबाट प्रमुख पदका महिला उम्मेदवारको संख्या १३ हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.