|

काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह र उपमेयर सुनिता डंगोलले फोहोर विसर्जनका लागि निकास निकाल्‍न र स्थानीयवासीको समस्या समाधान र गुनासो सुन्न सिसडोल क्षेत्रको अनुगमन गरेका छन्।  

अनुगमनका क्रममा स्थानीयको गुनासो सुनेपछि मेयर साहले केमिकल हालेर एक हप्ताभित्र यहाँको सारा दुर्गन्ध हटाउन सकिने बताए।

भिडियो :

त्यसका लागि आफूले विज्ञहरुसँग आवश्यक छलफल गरेको पनि उनले सुनाए। ‘एक हप्तामा गन्ध नआउने गरी केमिकलको व्यवस्था गरिन्छ। मल र ग्यास पनि बनाइन्छ। त्यसका लागि ३ महिना लाग्छ। केमिकल हालिसकेपछि एक हप्ताभित्र गन्ध हटाइन्छ। बन्चरेडाँडाको पनि सबै रिर्पोट हेरियो।' मेयर साहले भने, सड्ने र नसड्ने फोहोर छुट्टाउने, त्यसबाट मल र ग्यास निकाल्ने हो। सड्ने र नसड्ने फोहोर छुट्टयाउनका लागि काठमाडौं महानगरपालिकाले घरघरमा जनचेतना फैल्याउने काम गर्नेछ।’

सिसडोलवासीको अवरोधका कारण पछिल्लो १५ दिनयता काठमाडौंको फोहोर उठ्न सकेको छैन। काठमाडौंको फोहोर व्‍यवस्थापन आफ्नो पहिलो प्राथमिकतामा राखेर मेयर साह अहोरात्र सक्रिय बनेका छन्।

केही तस्वीर झलक :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.