|

काठमाडौं : राजधानीमा जब साँझ ढल्कँदै जान्छ, यात्रुको भीडको रफ्तार निरन्तर बढ्छ। नगर प्रहरीको ड्युटी त्यति नै बेला सकिन्छ।

अनि फुटपाथमा व्यापारीको भव्य चहलपहल शुरु हुन्छ। साँझको बढ्दो सवारी चाप,यात्रुको भिड अनि फुटपाथ पसल। राजधानीका मुख्य बजार हिँड्नै नसक्ने हुन्छन्।

वास्तवमा भन्दा यतिबेला फुटपाथमा जाम हुन्छ। नगर प्रहरीले सडकमा व्यापार गर्दा खेदाउन थालेपछि धेरै व्यापारी बोकेरै व्यापार गर्दछन्।

सडकमा झोला बोकेर, सिक्री,लकेट र पालिसलगायत श्रृंगारको सामान बोकेर बेच्नेको पनि उस्तै लस्कर हुन्छ। फुटपाथ बजारका कारण सार्वजनिक यातायात पार्क गर्न र रोक्न समेत कठीन हुने गरेको चालकहरु बताउँछन्।

दैनिक दुई तीन घण्टा मात्रै फुटपाथ खुला हुँदा आम्दानी घटेको भन्दै धेरै पलायन भएका कथा पनि छन्। सटरमा व्यापार गर्नेहरुले पुराना र स्कट समान, बासी तरकारी बेच्न फुटपाथ ओर्लिंदा सडकमा सवारीसाधनको चाप बढ्दै गएको हो भन्न कन्जुस्याइँ गर्नुहुँदैन।

प्रायः साँझको बेला फुटपाथ अव्यवस्थित हुन्छ नै। सडकमा मोटरसाइकल पार्किङ पनि उस्तै हुन्छ। त्यही पार्किङ गरिएको मोटरसाइकलमाथि सामान राखेर व्यापार गरिरहेको दृश्य देख्न साँझको बेला चोक पुगे हुन्छ।

काठमाडौंको कलंकी, असन, इन्द्रचोक, लगनखेल, कोटेश्वर भक्तपुरका गल्लीमा असंख्य व्यापारी सडक व्यापारमा आश्रित छन्। नगरपालिकाले दैनिक गुजारा धान्न मुस्किल पर्ने शहरीया गरिबहरुको मर्काको कारण सडक व्यापारमा पूर्ण प्रतिबन्ध लगाउन पनि सकेको छैन। तर, दिनभर भने सडक व्यापार प्रतिबन्धित छ। हरेक दिन साँझ ५ बजेपछि भने फुटपाथ बजार खुल्ला हुन्छ।

साँझको चिसो मौसमलाई साथमा लिएर फुटपाथ व्यवसायीहरु आफ्नो जीविका चलाउँछन्। र त्यही व्यापारबाट आफ्नो छोराछोरी र परिवारको सुन्दर भविष्य कोर्न लागि पर्छन्।

काठमाडौंका नवनिर्वाचित मेयर बालेन्द्र साह र उपमेयर सुनिता डंगोलले आफ्नो पहिलो प्राथमिकता फोहोर व्यवस्थापनलाई ध्यानमा राखेर सक्रियतापूर्वक काम गर्ने कोसिस गरिरहेका छन्। उनीहरूको नजर छिट्टै नै फुटपाथ सुधार तथा व्‍यवस्थापनमा पनि पर्नेछ भन्ने आम नगरवासीले आशा राखेका छन्।

न्युज एजेन्सी नेपालको सहयोगमा केही तस्वीर झलक :

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.