|

झापा : झापाको सदरमुकाम भद्रपुर– ८ स्थित महेन्द्र पार्क चन्द्रगढीमा सम्भावित झडपलाई मध्येनजर गरी व्यापक सुरक्षाकर्मी खटाइएको छ।

महेन्द्र शाह शालिक पुन:स्थापना समितिले पार्कमा स्वर्गीय राजा महेन्द्र शाहको शालिक राख्ने तयारी गरेको बुझिएपछि स्थानीय प्रशासनले बिहानैदेखि सुरक्षाकर्मी परिचालन गरेको हो।

झापा प्रशासनले तत्काल शालिक नराख्न र राख्दा भद्रपुर नगरपालिकासँग समन्वय गरेर मात्रै कार्यक्रम अघि बढाउनुपर्ने भनी निर्णय गरिसकेको छ।

​तर, समिति भने झापा प्रशासनको निर्णयविपरीत राजाको शालिक राख्‍न उद्यत् छ। शालिक राख्न तयारी गरेको समितिले शनिबार पार्कमा शनिबार सरसफाइ गरेको छ। दुवै पक्षको आ-आफ्नै दाबी र प्रयासका बीच झडप हुन सक्ने अवस्थालाई मध्येनजर गरी सुरक्षाकर्मीले पार्कभित्र प्रवेश गर्ने सम्भावित बाटोहरू पनि बन्द राखेका छन्।

केही तस्वीर झलक :

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.