|

काठमाडौं : ‘विश्व वातावरण दिवस—जून ५’ को अवसरमा वातावरण पत्रकारिता पुरस्कार–२०२१ बाट पत्रकार गोविन्द पोखरेल पुरस्कृत हुने भएका छन्। नेपाल वातावरण पत्रकार समूह (नेवापस)ले विगत तीन दशकदेखि याे पुरस्कार प्रदान गर्दै आएको छ।

यसवर्ष कान्तिपुर पब्लिकेशनमा कार्यरत पत्रकार पोखरेललाई याे पुरस्कार तथा प्रमाण–पत्र प्रदान गरिने भएकाे हाे।

सन् २०२१ भरी वातावरण र दिगो विकासका विषयमा पत्रपत्रिका, रेडियो, टेलिभिजन तथा अनलाइनमा प्रकाशित–प्रसारित सामग्री र कार्यक्रमहरु मध्येबाट छनौट गरी विषयगत विविधता, तथ्य–तथ्याङ्क, भाषा, जनसरोकार र मौलिकताका आधारमा मूल्याङ्कन गरेर यो पुरस्कार प्रदान गर्ने निर्णय भएको हो।

समूहद्वारा स्थापित ‘वातावरण पत्रकारिता पुरस्कार–२०२१’ पाउने उनी ३५ औँ पत्रकार हुन्। समूहको आगामी साधारणसभाको दिन यो पुरस्कार हस्तान्तरण गरिने छ। 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.