|

काठमाडौं : अन्तर्राष्ट्रिय व्यापार सहजीकरण गर्ने उद्देश्यले चोभार सुक्खा बन्दरगाहको गत चैत २२ गते उद्घाटन भएर सञ्चालनमा आए पनि अहिलेसम्म सुनसान जस्तै बनेको छ।

प्रधानमन्त्री शेरबहादुर देउवाले रिबन काटेर ३ मालवाहक सवारीसाधनलाई प्रवेश गराएर बन्दरगाहको उद्घाटन गर्दै सुक्खा बन्दरगाह निर्माणले राजधानी काठमाडौंलाई अन्तर्राष्ट्रिय व्यापार हबमा विकास गर्न कोसेढुङ्गा हुने विश्वास व्यक्त गरेका थिए।

​तर, सञ्चालनमा आएको दुई महिना बित्दा पनि बन्दरगाहको चहलपहल भने सुनसान छ। अहिले यहाँ जाँच पासका लागि आउने सवारीको संख्या ज्यादै न्यून रहेको बन्दरगाह भन्सार प्रशासनले जनाएको छ।

नेपाली व्यावसायीले समुन्द्री बदरगाह हुँदै तराईका पाँच नाकाबाट आयात गर्ने मालवस्तु बोकेको कन्टेनर सीमा क्षेत्रमा आवश्यक प्रकृया पुर्‍याएपछि सिधै काठमाडौं छिरेर चोभारस्थित सुख्खा बन्दरगाहमा जाँच गर्न पाउने व्यवस्थासहित यसको निर्माण गरिएको हो। 

गोरखापत्रको सहयोगका केही तस्वीर झलक :

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.