|
तस्वीर सौजन्य : सन्दीप राई र धनराज थापा

विराटनगर : आज विश्व साइकल दिवस। पछिल्लो समय साइकल यात्रामा युवाहरूको लगाव बढ्दै गएको पाइन्छ। स्वास्थ्य जीवन व्यतित गर्न होस् या शरीरलाई तन्दुरुस्त राख्न युवाहरुको जमान नजिकदेखि टाढासम्म साइकल यात्रा गर्न रुचाउँछन्। त्यसो त साइकल स्वास्थ्य जीवनका लागि साथै यात्रुहरूका लागि सारथी पनि हो ।

झापा धुलावारीका धनराज थापाले साइकल कुदाउन थालेको वर्षौं भयो। उनको साइकलसँगको लगाव गहिरो छ। यतिवेला इलामको हर्कटे पुगेका उनी ५५ किलोमिटर साइकल यात्रा गर्ने योजना रहेको बताउँछन्। व्यक्तिगत स्वास्थ्यसँगै वातावरणमैत्री हुनुपर्ने धारणा राख्ने उनी समूहमा प्रदेश १ का विभिन्न पहाडी जिल्ला साइकल यात्रामा निस्कने गरेको बताउँछन्।

उनी दैनिक ८ देखि १२ किलोमिटर साइकल यात्रा गर्छन्। साइकलमा उनी एक्लै हुँइकिदैनन्, उनको साथमा ठूलो समूह हुन्छ। यसअघि चीनमा बस्दै आएका थापा नेपाल प्रवेश गरेको केही समयदेखि लकडाउन शुरु भएपछि यतै काम शुरु गरेको उनी सुनाउँछन्।

विद्यालय सञ्चालकसमेत रहेका उनी स्कुलका विद्यार्थीलाई समेत साइकलमा नै स्कुल आउन सुझाव दिने गरेको बताउँछन्। ‘साइकलले मानसिक, शारीरिक रुपमा नै स्वस्थ्य राख्ने भएकाले म सबैलाई साइकलमा नै यात्रा गर्न सुझाव दिन्छु,’ उनी भन्छन्, ‘यसले वातावरणलाई प्रदूषित हुनबाट पनि बचाउने हुँदा म विद्यालय आउने बच्चाहरूलाई साइकलमा नै आउनु भन्ने सुझाव दिन्छु।’

जेनियम युवा क्लब धुलाबारीका अध्यक्षसमेत रहेका थापा स्वस्थ्य रहन र वातावरणलाई प्रदूषणमुक्त बनाउन प्रोत्साहन गर्न ठूला–ठूला प्रतियोगितात्मक साइक्लिङ रेसको समेत आयोजना गर्दै आइरहेको उनले बताए। कार्यक्रमको आयोजना गर्दा व्यक्तिगत खर्च जोहो गरेर गर्ने गरेको उनी बताउँछन्।

‘साइक्लिङ ल्याण्ड’ को अभावका कारण हाइवेमा साइकल यात्रा जोखिमपूर्ण हुने भएकाले प्रदेश सरकार र स्थानीय सरकारले यो विषयमा ध्यान दिनुपर्नेमा उनी जोड दिन्छन्।

थापाको टिममा युवा देखि ५५ वर्षसम्मका साइकल यात्री रहेको गरेको उनी बताउँछन्। आफूसँगै साइकल यात्रामा हिँडेका कतिपय सुगर, प्रेसर, हातजोर्नीको रोगले च्यापेका बिरामीहरू पनि स्वस्थ्य भएको अनुभव उनीसँग छ।

बेलबारीका सन्दिप राई फ्रेस हुनैका लागि साइकल यात्रामा निस्कने गरेको बताउँछन्।

सञ्चारकर्मी समेत रहेका राई थोरै समय निकालेर साइक्लिङमा निस्किने गरेको बताउने उनी साइकल यात्राले शारीरिक, मानसिक रुपमा स्वस्थ्य रहन मद्दत पुग्ने सुनाउँछन्। फूर्सद मिल्दा समूह मिलेर कहिले संखुवासभा त कहिले भोजपुर पुग्ने गरेको उनले बताए।

‘व्यस्त जीवनशैलीले मानसिक थकान धेरै हुन्छ, थकान र  कामको चाप मेटाउन फूर्सद मिलाएर साइकल यात्रामा निस्कने गर्छु,’ उनी भन्छन्, ‘यसले मेरो शरीरमा आनन्द मिल्छ, मेडिटेशन गरे झैँ अनुभूति गराउँछ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.