|

काठमाडौं : काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र शाहलाई उनका प्रतिस्पर्धी केशव स्थापितले सन्देश दिएका छन्।

निर्वाचन परिणाम आएको एक साता पछि आज फेशबुक स्टाटस मार्फत स्थापितले बालेन्द्रलाई सन्देश दिएका हुन्। सन्देशमा उनले बालेन्द्रलाई निर्वाचनमा पाएको सबै मतको सम्मान गर्न आग्रह गरेका छन्। साथै विपक्षमा मतदान गर्नेको पनि मत जितेर काम गर्न आग्रह गरेका हुन्।

उनले लेखेका छन्, 'काठमाडौं महानगरपालिकामा मेयर पदमा निर्वाचित हुनुहुने बालेन्द्र शाहमाथि विश्वास गर्दै काठमाडौं महानगरवासीले मतपेटिकामा खसालेका हरेक पत्रपत्रको तपाईले सम्मान गर्नुहुनेछ भन्ने मैले अपेक्षा लिएको छु, त्यति मात्रै होइन तपाईले आफ्नो पाँच बर्षे कार्यकालमा तपाईको विपक्षमा मतदान गर्ने मतदाताको पनि मन जित्ने काम गर्नुहुने छ भन्ने अपेक्षा लिएको छु।'

बालेन्द्र शाहले निर्वाचनमा स्वतन्त्र लडेर जितेका हुन् भने स्थापित नेकपा एमालेका उम्मेदवार रहेका थिए। 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.