|

काठमाडौं : उपत्यकाका चोक चोक र गल्ली गल्लीहरूमा फेरि फोहोरको थुप्रो लाग्न थालेको छ।

काठमाडौं महानगरभित्रका विभिन्न शहर तथा गल्लीहरूमा करिब एक महिनादेखि फोहोर उठ्न सकेको छैन। समयमा फोहोर उठ्न नसक्दा चोक–चोकमा फोहोरको डङ्गुर थुप्रिएर दुर्गन्धित बनेको छ।

​स्थानीय तह निर्वाचनका बेला मत माग्न सबैले फोहोर व्‍यवस्थापनलाई प्रमुख एजेण्डा बनाएका थिए। तर, चुनावपछि पराजित भएका उम्मेदवार र राजनीति दलहरूले कुनै चासो गरेका छैनन् भने नवनिर्वाचित मेयर-उपमेयर बालेन साह र सुनिता डंगोलले प्रयास गरिरहेको बताएका छन्।

फोहोर व्यवस्थापनमा जतिसक्दो चाँडो सबैले ध्यान दिनुपर्ने अहिलेको आवश्यकता छ। गर्मी समयमा झन् फोहोरको दुर्गन्धले राजधानीमा हैजा तथा विभिन्न सरुवा रोगहरूको प्रकोप फैलिनसक्ने जोखिम बढेको भन्दै सर्वसाधारणहरूले चिन्ता व्‍यक्त गरेका छन्।

​कहिले सिसडोलवासीको आन्दोलन त कहिले के कारणले गर्दा करिब चार महिनादेखि यहाँको फोहोर नियमित रूपले उठिरहेको छैन। सिसडोलमा उपत्यकासहित २३ वटा नगरहरूको फोहोर व्‍यवस्थापन हुँदै आएको छ।  सिसडोलवासीहरूले फोहोर व्‍यवस्थापनका लागि सरकारले स्थायी समाधान खोजे आफूहरू सहयोग गर्न तयार रहेको बताउँदै आएका छन्।

केही तस्वीर झलक :

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.