|

काठमाडौं : बुधबार ६० अंकभन्दा बढी अंकले बढेको शेयर बजार बिहीबार भने गिरावट आएको छ।

बिहीवार नेप्से सूचक १७.६४ अंकले घटेर २०६२.८० बिन्दुमा झरेको हो। त्यस्तै, सेन्सेटिभ इण्डेक्स ४.०१ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.०६ अंक र सेन्सेटिभ इण्डेक्स १.०७ अंकले घटेको छ।

बिहीबार कारोबारमा आएका २२९ कम्पनीको ४१ लाख ५६ हजार १०४ कित्ता शेयर १ अर्ब ४७ करोड २६ लाख ९० हजार ५५४ रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। बुधवारको तुलनामा बिहीवार कारोबार रकममा गिरावट आएको छ।

बुधबार १ अर्ब ६४ करोड ३ लाख ५६ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो। बिहीबार कारोबारमा आएका १३ वटै उपसमूह मध्ये १२ उपसमूहको परिसूचक नकारात्मक देखिएको छ। भने १ वटा उपसमूहको सूचक सामान्य अंकले बढेको छ। जसमा विकास बैंक र फाइनान्स उपसमूहको सूचक सबैभन्दा धेरै घटेको छ। भने व्यापार तथा प्रशोधन उपसमूहको परिसूचक ०.१२ प्रतिशतले बढेको छ।

नेप्से परिसूचकमा गिरावट आए पनि उपकार लघुवित्त र बलेफि हाइड्रोपावरको शेयरमूल्य उच्च अंकले बढेको छ भने मिथिला लघुवित्तको ३.९५ प्रतिशत नयाँ सारथी लघुवित्तको २.७५ प्रतिशत र लाइफ इन्स्योरेन्स कर्पोरेशनको २.७० प्रतिशतले बढेको छ।

तर, यता, सिगटी हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै ५.३४ प्रतिशतले घटेको छ। त्यस्तै, समिट लघुवित्तको ५.०३ प्रतिशत, इमर्जिङ नेपालको ४.३४ प्रतिशत र लुम्बिनी विकास बैंकको ४.३० प्रतिशतले घटेको छ।

कारोबारको आधारमा कुमारी बैंकको सबैभन्दा धेरै ६ करोड ७४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने हिमालयन डिस्टिलरीको ४ करोड ३२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.