|

पाेखरा : प्रथम विजयपुर फुटबल पेनाल्टी सुट आउट प्रतियोगिताको उपाधि बी.टी.टेनिङ्ग सेन्टर समूह बीले जित्न सफल भएको छ।

पोखरा महानगरपालिका वडा नं. २६ को विजयपुरमा आयोजना गरिएको प्रथम विजयपुर फुटबल पेनाल्टी सुट आउट प्रतियोगिता २०७९ को उपाधि बी.टी. टेनिङ्ग सेन्टर समूह बीले 'ट्वान्टी फाइभ के'लाई सातका विरुद्ध आठ गोल गर्दै जित्न सफल भएको हो।

४० टिम सहभागी भएको प्रतियोगितामा विजेता टिमलाई शिल्ड, मेडल, प्रमाण पत्रका साथमा खसी सहित नगद रु. १५ हजार प्रदान गरिएको थियो भने उप–विजेता टिमलाई शिल्ड, मेडल, प्रमाण पत्रका साथमा नगद रु. १० हजार र बोका प्रदान गरिएको थियो।

यो किसिमको पेनाल्टी सुट आउट प्रतियोगिता प्रथम पटक आयोजना गरिएको र यस किसिमको प्रतियोगिताले दर्शक तथा खेलाडीमा समेत निकै उत्साह मिलेको आयोजकले जनाएको छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.