|

दोलखा : शैलुङ गाउँपालिका वडा नम्बर–१ दुधपोखरीको ठाडेस्थित एक घरमा विद्युत् सर्ट भएर आगलागी हुँदा एक वृद्धाको मृत्यु भएको छ।

आज बिहान करिब ४ बजेतिर विद्युत् सर्ट भएर आगलागी हुँदा ८५ वर्षीया निभकुमारी मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक राजेश सिग्देलले जानकारी दिए। ढुङ्गा माटोले बनेको घरको भुई्रँतलामा सुतिरहेकी मगरको मृत्यु भएको हो।

भुईँतलामा लागेको आगो माथिल्लो तलामा पुगेपछि माथिल्लो तलामा सुतेका परिवारका सदस्यहरूले थाहा पाएका थिए। आगलागीबाट घरमा समेत क्षति पुगेको प्रहरीको भनाइ छ।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.