|

सुर्खेत : रुकुम पश्चिम आठविसकोट नगरपालिका–११ चिसापनी नजिकै जिप दुर्घटना भएको छ।  राडीबाट रिम्ना तर्फ जाँदै गरेको ग १ ज १८९७ नम्बरको जिप शनिवार बेलुका दुर्घटना भएको हो।

उक्त दुर्घटनामा परी जिप चालक र सहचालकको घटना स्थलमै मृत्यु भएको ईप्रका आठबिसकोटले जनाएको छ। मृत्यु हुनेमा चालक बाँफिकोट गाउँपालिका वडा नम्बर ८ दुलिका कबिराम बिक र सहचालक मुसिकोट नगरपालिका वडा नम्बर ११का कमल खड्का रहेका छन्।

उक्त जिपमा दुई जना मात्र रहेको खुलेको छ। प्रहरीका अनुसार जिप अनियन्त्रित भएर भेरी नदिमा खसेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.