|

खोटाङ : खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडा वडा कार्यालय र स्वास्थ्य चौकीको भवन चर्किएको छ। लगातारको हावाहुरीसहितको वर्षाका कारण भवन चर्किएको वडाध्यक्ष रुद्रकुमार राईले बताए।

बाहुनीडाँडाको वडा कार्यालय र स्वास्थ्य चौकी एउटै भवनबाट सञ्चालन भइरहेको छ। वर्षाका कारण भवन चर्किएपछि अहिले जोखिम मोलेर नागरिकलाई सेवा दिन बाध्य भएको राईको भनाइ छ। उनले भने, ‘केही दिनअगाडि लगातार हावाहुरीसहित वर्षा भयो। हावाहुरीको कारण छड्के पानी परेपछि भवनको ३/४ ठाउँ चर्किएको छ। अन्य भवन नहुँदा अहिले वडा कार्यालय र स्वास्थ्य चौकी सोही भवनमा सञ्चालन गर्न बाध्य छौँ तर कुन दिन भत्किन्छ टुंगो छैन।’

विसं २०६२ सालमा निर्माण गरिएको तत्कालीन गाउँ विकास समितिको उक्त भवनमा अहिले दुई कोठा बनाएर एउटा कोठा वडा कार्यालय र एउटा कोठा स्वास्थ्य चौकीका लागि प्रयोग गरिएको छ। बाहिरी गारो चर्किएपछि भवन भत्किन लागेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.