|

किमाथांका : लगातारको वर्षासँगै आएको पहिरोले संखुवासभाको भोटखोला गाउँपालिका र मकालु गाउँपालिका जाने उत्तर–दक्षिण सडकखण्डको खाँदबारी –किमाथांका सडक अवरुद्ध भएको छ । 

मकालु गाउँपालिका–३ नयाँ बस्तीमा पहिरो खस्दा उत्तर–दक्षिण सडकखण्ड अवरुद्ध भएको हो । सडक कार्यालयका प्रमुख इन्जिनियर दीपेश रजकले उत्तर दक्षिण सडक अवरुद्ध हुँदा भोटखोला गाउँपालिका जाने सडक ठप्प भएको मकालु वडा नम्बर ३, ४ र  जानकारी दिए। 

सडक अवरुद्ध भएपछि मकालु गाउँपालिका केही वडा र भोटखोला गाउँपालिकामा यातायात सेवा बन्द भएको छ । सडक अवरुद्ध भएपछि भोटखोला गाउँपालिकासँग सम्बन्ध टुटेको छ।

पहिरोले दुई दिनदेखि मकालुका केही वडा र भोटखोला गाउँपालिका जाने सडक पूर्णरूपमा अवरुद्ध भएको सडक कार्यालयका इन्जिनियर रजकले बताए। पहिराले मकालु ५ र ३ जोड्ने अरुण नदीको मोटररेबल पुलसमेत जोखिममा परेको छ । पहिराले पुल आसपासको भू–भाग कटान गरेपछि अरुण नदीको पुल जोखिमा परेको उनले बताए।

लगातारको वर्षाले उत्तर दक्षिण सडकका विभिन्न ठाउँमा पहिरो खसेको छ। रजकका अनुसार त्यस क्षेत्रमा अहिले पनि लगातार वर्षा भइरहेको छ । वर्षा नरोकिएसम्म पहिरो हटाउन सकिने अवस्था नभएको उनको भनाइ छ। अहिले सदरमुकाम खाँदबारीबाट भोटखोला जाने यातायात मकालु गाउँपालिकाको फ्याक्सिन्दासम्म मात्रै चलेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.