|

संखुवासभा :चिचिला गाउँपालिकामा पहिरोका कारण १० परिवार विस्थापित भएका छन्। लगातारको वर्षासँगै पहिरोले चिचिलाका विभिन्न स्थानमा गएको पहिरोबाट १० परिवार विस्थापित भएका हुन्। 

चिचिला गाउँपालिका वडा नं. १ मा ६ र ३ मा ४ परिवार विस्थापित भएको गाउँपालिकाका अध्यक्ष पासाङ नुर्व शेर्पाले बताए। पहिरोले वडा नं. १ को सोभाङ्मामा लाखबहादुर राई र हेमराज राईको परिवार विस्थापित भएका छन्। यस्तै चनौटेमा डम्बर राई, सवर्णकुमारी राई, शुभलक्ष्मी राई र किरण राईको परिवार विस्थापित भएका छन्। 

वडा नं. ३ मुग्लिगाउँमा बलबहादुर राई (ख), सन्दीप राई, रुद्रबहादुर राई र अरुण राईको परिवार विस्थापित भएको अध्यक्ष शेर्पाले बताए। विस्थापित भएकालाई नजिकैको आफन्तको घर र सामुदायिक भवनमा राखिएको  अध्यक्ष शेर्पाले जानकारी दिए। पहिरोले चिचिला गाउँपालिका हुँदै मकालु भोटखाला जाने उत्तर दक्षिण सडक समेत अवरुद्ध भएको छ।

सडक अवरुद्ध हुँदा चिचिला, मकालु र भोटखोला जाने सवारीसाधन खाँदबारी नगरपालिकाको छ्याङकुटी आसपास रोकिएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.