|

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)का नव निर्वाचित पदाधिकारीको सपथ ग्रहण बुधबार हुने भएको छ।

काठमाडौंको बूढानीलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा सोमबार भएको निर्वाचनमा कर्माछिरिङ शेर्पालाई ६ मतले पराजित गर्दै पंकज बिक्रम नेम्बाङ अध्यक्षमा निर्वाचित भएका थिए।

वरिष्ठ उपाध्यक्षमा वीरबहादुर खड्का निर्वाचित भएका छन्। नव निर्वाचित कार्यसमितिका पदाधिकारीहरुले दिउँसो ३ बजे पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने कार्यक्रम छ।

२१ सदस्यीय कार्यसमितिमा अहिलेसम्म १९ जनाको टुंगो लागेको छ। त्यसमध्ये १२ जना नेम्वाङ प्यानलका छन् भने ७ जना शेर्पा प्यानलका छन्। एन्फा केन्द्रीय कार्यसमिति निर्वाचनमा खुलातर्फ १३ जना सदस्यका लागि भएको निर्वाचनमा ११ जना निर्वाचित भइसकेका छन्।

चारजनाको समान मत आएपछि दुईजना कार्यसमिति सदस्यको छिनोफानो अर्को साधारण सभाले लगाउने भएको हो। १३ सदस्यीय खुला सदस्यका लागि ३२ जना प्रतिस्पर्धामा थिए।

वरिष्ठ उपाध्यक्षमा नेम्वाङकै प्यानलका वीरबहादुर खड्का विजयी हुँदा चार जना उपाध्यक्ष मध्ये ३ जना पंकज प्यानलका निर्वाचित भएका छन्।

पंकजको प्यानलबाट दावा लामा, दिपक खतिवडा, बिराटजंग शाही निर्वाचित भएका हुन्। कर्माको प्यानलका दुर्गाबहादुर केसी अन्तिम चारमा रहँदै उपाध्यक्ष चुनिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.