|

सुर्खेत : कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरमा पहिलोपटक खुला ‘प्रथम राष्ट्रिय काँक्रेबिहार हाफ म्याराथन’ प्रतियोगितामा बाग्लुङका तीर्थकुमार पुन प्रथम भएका छन्।

आज बिहान सुर्खेत वीरेन्द्रचोकबाट शुरु भई मंगलगढी चोक हुँदै सुब्बाकुना, बुलबुले, चाइना पुल, बाङ्गेसिमल, खोर्केखोला हुँदै पुनः वीरेन्द्र चोकसम्मको २१ किलोमिटर १०० मिटर दूरी १ः०९ः१५ घण्टामा पार गरेर पुन प्रथम भएका हुन्। त्यस्तै १ः०९ः२४ घण्टामा उक्त दूरी पार गरेर राजन रोकाय द्वितीय र १ः१०ः११ घण्टामा उक्त दूरी पार गरी जुम्लाका चिने बुढा तृतीय भए। 

त्यस्तै, ट्याक खगेन्द्रबहादुर भाट चौथो, सुवास कार्की पाँचौँ र श्रीकाश राई छैंटौं भए। प्रथम पुनलाई रु.७१ हजार, द्वितीय रोकायलाई रु.४१ हजार, तृतीय बुढालाई रु.३१ हजार, चौथो भाटलाई रु.२० हजार, पाँचौँ कार्कींलाई रु.१५ हजार र छैटौं राईलाई रु.१० हजार नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको छ।

त्यस्तै पाँच किलोमिटर छात्रातर्फ प्रथम विमला कार्की, द्वितीय निशा मल्ल र तृतीय लक्ष्मी शाही भए। छात्रतर्फ प्रथम विकास विक, द्वितीय अजय विक र तृतीय प्रकाश बुढा भए। उक्त प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने छात्रछात्राले क्रमशः १०, सात र पाँच हजार रुपैयाँ नगद पुरस्कार तथा प्रमाणपत्र पाए।
प्रतियोगिताको उद्घाटन गर्दै कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले खेल क्षेत्र दौडे जस्तै कर्णालीको हरेक क्षेत्र दौडनुपर्ने बताए। 

नेकपा एमाले कर्णाली प्रदेशसभा दलका नेता यामलाल कँडेलले यो प्रतियोगिताले कर्णालीलाई विश्वमा चिनाउन महत्त्वपूर्ण भूमिका खेल्ने टिप्पणी गरे। प्रतियोगिताबाट ऐतिहासिक महत्वको काँक्रेविहारको प्रचारप्रसार, कर्णालीमा खेल पर्यटनको प्रवर्धन हुने र लुकेर रहेको प्रतिभा प्रस्फुटन हुने अपेक्षा गरिएको छ। प्रतियोगिता सञ्चालनका लागि प्रदेश खेलकुद विकास परिषद्ले ६ लाख उपलब्ध गराएको जनाइएको छ।

‘अन्तरराष्ट्रिय ओलम्पिक डे २०२२’ को अवसरमा कर्णाली प्रदेश खेलकुद विकास परिषद्को समन्वयमा मिड वेस्टर्न फिटनेस सेन्टरले आयोजना गरेको थियो। प्रतिस्पर्धामा १ हजार २८० खेलाडी सहभागी भएको संस्थाका प्रोप्राइटर सञ्जीव हमालले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.