|

काठमाडौं : नेकपा एमालेका महासचिव शंकर पोखरेलले निश्चित व्यावसाय र पेशामा सफल हुनु वा चर्चित हुुनु राजनीतिका लागि स्वतः योग्य हुनु नभएको बताएका छन्। 

रवि लामिछानेप्रति लक्षित गर्दै महासचिव पोखरेलले राजनीतमा योग्य हुन त्यसमै निष्ठापूर्वक समर्पित हुनु आवश्यक रहेको पनि उल्लेख गरेका छन्। 

सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘निश्चित व्यावसाय र पेशामा सफल हुनु वा चर्चित हुनु राजनीतिका लागि स्वतः योग्य हुनु होइन । राजनीतिमा योग्य हुन त्यसमै निष्ठापूर्वक समर्पित हुनु पर्दछ।’

पूर्व पत्रकार समेत रहेका रवि लामिछानेले हिजोमात्र नयाँ पार्टी दर्ताका लागि निवेदन दिदै आफू पूर्ण रुपमा राजनीतिमा आएको उद्घोष गरेका थिए। पत्रकारितामा उनी सफल मानिएका थिए। त्यसप्रति लक्षित गर्दै महासचिव पोखरेलको यस्तो अभिव्यक्ति आएको हो। 

एमालेका केन्द्रीय सदस्य सूर्य थापाले राष्ट्रिय स्वतन्त्र पार्टी बनाएकोमा विरोध जनाएका थिए। उनले स्वतन्त्र उम्मेदवारी व्यक्तिको सार्वभौम अधिकार भएको भन्दै त्यसलाई छिनेर स्वतन्त्र पार्टी गठन गर्नु कानुन विपरित भएको उल्लेख गरेका छन्।   

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.