|
फाइल

काठमाडाैं : इसाई धर्मावलम्बीका सर्वोच्च धर्म गुरु पोप फ्रान्सिस आफ्नो बयानका कारण लगातार चर्चामा आइरहन्छन्।

कहिलेकाहीँ उनले यस्ता अभिव्यक्ति दिन्छन् जुन एकदमै भाइरल हुन्छ। केही दिनअघि ८५ वर्षीय पोप फ्रान्सिसले बालबालिकाभन्दा घर पालुवा जनावरलाई बढी माया गर्नेहरूलाई स्वार्थी भनेका थिए। उनले बालबालिकालाई भन्दा घर पालुवा जनावरलाई माया गर्नेले हाम्रो मानवता खोसिएको बताएका थिए।

हाल पोपले विवाह अघि यौनसम्पर्क गर्न निषेध गर्नु साँचो प्रेमको संकेत भएको पनि बताएका छन्।

भ्याटिकन सिटीमा अभिभावकत्वबारेकाे एक बयानमा पोपले मानिसहरूलाई बच्चा जन्माउन नडराउन आग्रह गरेका छन्।

सन्तान हुनु सधैँ जोखिममा रहे पनि सन्तान नहुनु त्यो भन्दा ठूलो जोखिम रहेको उनको भनाइ छ।

विवाह अघिको यौन सम्बन्ध

पोपको भनाइको सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया आएको छ। पोपको भनाइलाई धेरैलाई मन पराएका छैनन् भने केहीले समर्थन गरेका छन्।

पोपले विवाह पूर्व यौनसम्पर्क नगर्ने कुराको प्रशंसा गर्दै यसलाई साँचो प्रेमको संकेतका रुपमा अर्थ्याएका छन्। पोपले विवाह नहुँदासम्म यौनसम्पर्कबाट टाढा रहनु नै सम्बन्ध जोगाउने उत्तम उपाय भएको पनि बताएका छन्।

हालै सार्वजनिक सो भ्याटिकन गाइडमा उनले सुखी सम्बन्धका लागि केही नियमहरू राखेका छन्। पोपले आजकल यौन तनाव वा दबाबका कारण दम्पतीको सम्बन्ध छिट्टै टुट्ने दाबी पनि गरेका छन्।

९७ पृष्ठ लामो उनको दस्तावेजमा इन्टरनेटको अत्यधिक प्रयोगको पनि उल्लेख छ। जसको आलोचना भएको छ। इटालियन धर्मशास्त्री भिटो मान्कुसोले भने पोपको भनाइले सम्बन्धमा यौनको महत्त्वलाई कम गरेको भन्दै आलोचना गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.