|

 काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहले सेयर बजारमा तीव्र गिरावट आएसँगै अनशन बसेका तिलक कोइरालालाई भेटेका छन्।   बुधबार नेपाल धितोपत्र बोर्डको कार्यालय परिसर पुगेर सेयर लगानीकर्ताले गरिरहेको अनशनप्रति ऐक्यबद्धता जनाएका हुन्। 

कोइराला सेयर बजारमा तीव्र गिरावट आएसँगै १९ बुँदे माग राख्दै ८ दिनदेखि अनशन बसेका छन्। मेयर शाहको सचिवालयका अनुसार मेयर शाहले सेयर लगानीकर्ताहरूसँग १५ मिनेट बिताएका थिए। सो क्रममा मेयरसँग लगानीकर्ताले गुनासो पोखेका थिए।

लगानीकर्ताको मागमा आफ्नो पनि समर्थन रहेको उनले बताएका थिए। उनले भने‚ ‘हाम्रोतर्फबाट के गर्न सकिन्छ त्यसमा लाग्छौँ। बजारलाई खस्काउने होइन बलियो बनाउनतर्फ लाग्नुपर्छ। सबै निकाय यसप्रति गम्भीर हुनुपर्छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.