|

काठमाडौं : अधिवक्ता रुद्र पोखरेलसँग घुस डिल गरेको अडियो सार्वजनिक भएको आरोप लागेपछि न्यायाधीश राजकुमार कोइरालाले स्पष्टीकरण दिएका छन्। फेसबुकमा लेख्दै कोइरालाले यो फोन वार्ताको न्याय परिषद्‍बाट छानबिन गर्न माग गरेका छन्।

उनले आफूबाट कुनै अनुचित कार्य नभएको जिकिर गरेका छन्। 'म बारे आज आएको समाचारप्रति मेरो ध्यानाकर्षण भएको छ। मबाट कुनै अनुचित कार्य भएको छैन। विभिन्न प्रभाव र दबाबका बाबजुद निष्पक्ष भूमिका निर्वाह गरेको छु। म माथि न्याय परिषद्‍बाट छानबिन होस् तथा सहयोग गर्ने पूर्ण प्रतिबद्धता व्यक्त गर्दछु', उनले लेखेका छन्।

 


तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.