देउवा भेट्न माधव नेपाल पुगे बालुवाटार

|
फाइल फोटो

काठमाडौं : नेकपा एकीकृत समाजवादीले आफ्नो पार्टीको निर्णय कार्यान्वयन गराउन प्रधानमन्त्री शेरबहादुर देउवामाथि दबाब दिएको छ। आफ्ना पार्टीबाट सरकारमा गएका मन्त्रीहरूलाई फिर्ता ल्याएर नयाँ पठाउने निर्णय कार्यान्वयन गर्न दबाब दिएको हो। 

आज बसेको एकीकृत समाजवादीको बैठकले सरकारले आफ्नो पार्टीको निर्णय तत्काल कार्यान्वन गर्नुपर्ने निर्णय गरेको सम्मानित नेता झलनाथ खनालले बताए। 

उनले भने, ‘हाम्रो पार्टीले मन्त्रिमण्डलमा हाम्रो टिमलाई बदल्ने निर्णय गरेको थियो। त्यो निर्णयलाई सरकारले अहिलेसम्म किन कार्यान्वयन गरेको छैन? आजको बैठकले तुरुन्तै कार्यान्वयन गर्नुपर्‍यो भनेर निर्णय गरेको छ। त्यही निर्णय लिएर अध्यक्ष बालुवाटार जानुभएको छ।’

एकीकृत समाजवादीले सरकारमा रहेका मन्त्री विरोध खतिवडा, रामकुमारी झाँक्री, प्रेम आले, कृष्णकुमार श्रेष्ठलाई फिर्ता बोलाएर जीवनराम श्रेष्ठ, मेटमणि चौधरी, शेरबहादुर कुँवर र हीरा केसीलाई सरकारमा पठाउने निर्णय गरेको थियो। 

हाल स्वास्थ्य राज्यमन्त्री रहेका भवानी खापुङलाई स्वास्थ्यमन्त्री बनाउने निर्णय थियो। तर माधव नेपालले निरन्तर ताकेता गर्दा पनि प्रधानमन्त्री शेरबहादुर देउवाले निर्णय कार्यान्वयनमा आलटाल गरिरहेका छन्।

आजको बैठकमा पोलिटब्युरो, केन्द्रीय समिति, केन्द्रीय परिषद्को बैठकको तयारीको विषयमा समेत छलफल गरेको नेता खनालले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.