|

हेटौँडा : होटलमा बन्धक बनाएर फिरौती माग्ने तीन जनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ।

हेटौँडा उपमहानगरपालिका–१० बसपार्कको ट्राभल होटल एन्ड लजमा गत जेठ २९ गतेदेखि बन्धक बनाएर फिरौती मागेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो।

उनीहरूले पर्सा वीरगंज महानगरपालिका–१९ बस्ने २७ वर्षीय अमन कुमार श्रीवास्तवलाई बन्धक बनाई घरमा फिरौती रकम माग गरेका थिए। प्रहरीका अनुसार श्रीवास्तवलाई होटलको १०७ नम्बर कोठामा बन्धक बनाएर राखिएको थियो।

बन्धक बनाई घरमा फोन गर्न लगाउने हेटौँडा–१५ का २९ वर्षीय सुरेश लामा, २८ वर्षीय अशोक लामा र २१ वर्षीय समीर बललाई नियन्त्रणमा लिई मकवानपुर जिल्ला अदालतबाट ५ दिनको म्याद लिई थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.