|

सुर्खेत : सुर्खेत-दैलेख सडकखण्डको कपासेनजिकै बोलेरो जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।

बा १ झ ८७८४ नम्बरको बोलेरो सडकबाट करिब २० मिटर तल खसेको सशस्त्र प्रहरी बल रक्तकाली गण बांगेसिमलका एसपी विमल डाँगीले जानकारी दिए।

उनकाअनुसार दुर्घटनामा मृत्यु भएकाको पहिचान खुलेको छैन। दुर्घटनामा ४ जना घाइते भएका छन्। उनीहरूको कर्णाली प्रदेश अस्पताल कालागाउँमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

वीरेन्द्रनगर नगरपालिका-१४ रातानाङ्गलामा रहेको मौसमी राडारको मर्मत सकेर वीरेन्द्रनगरतर्फ फर्किँदै गरेको जल तथा मौसम विज्ञान कार्यालय कोहलपुर बाँकेको गाडी कपासेभन्दा माथि मोडमा दुर्घटनामा परेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.