|

काठमाडौं : काठमाडौं महानगरपालिकाको नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको छ। 

बुधबार बसेको नगरसभा ११ औं अधिवेशनको दोस्रो बैठकले नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको हो। 

नगर प्रमुख बालेन साहले पेश गरेको नीति तथा कार्यक्रममाथि नगरसभा सदस्यले महत्वपूर्ण सुझाव दिएका थिए। नगरसभा सदस्यका सुझावलाई समेटेर नीति तथा कार्यक्रम संशोधनसहित पारित गर्ने भन्दै प्रमुख साहले गरेको प्रस्ताव सर्वसम्मत अनुमोदन भएको हो। 

अब सोही नीति तथा कार्यक्रमका आधारमा आगामी असार १० गते उपप्रमुख सुनिता डंगोलले बजेट पेश गर्नेछिन्। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.