|

काठमाडाैं : अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को नयाँ कार्यसमितिको पहिलो बैठकले महासचिवमा किरण राई तथा कोषाध्यक्षमा रवीन्द्र जोशीलाई नियुक्त गरेको छ।

त्यस्तै विदेश विभागको जिम्मेवारी नवीन पाण्डेलाई दिइएको छ।

एन्फाको नयाँ नेतृत्वमा पंकज विक्रम नेम्वाङलगायत अधिकांश उनको प्यानलको जीतसँगै एन्फामा असन्तुष्ट रहँदै आएका पंकज खेमामा रहेकाहरूले नियुक्ति पाएका हुन्।

अघिल्लो कार्यसमितिमा पनि विदेश विभाग प्रमुख रहेका पाण्डे, शेर्पासँग असन्तुष्ट रहेर सबैभन्दा पहिला राजीनामा दिने मध्येमा रहेका थिए। महासचिव बनेका राई अघिल्लो कार्यसमितिको प्रवक्ताको जिम्मेवारीमा रहेका थिए। तर, उनी शेर्पासँगको असन्तुष्टिका कारण केही समय अघि राजीनामा दिएर नेम्वाङसँग नजिकिएका थिए।

त्यस्तै बैठकले रवीन्द्र जोशीलाई कोषाध्यक्ष नियुक्त गरेको छ। उनी अघिल्लो पटक पनि कोषाध्यक्ष थिए। काठमाडौंको बूढानीलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा सोमबार भएको एन्फाको निर्वाचनबाट पंकजविक्रम नेम्वाङको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको थियो।

एन्फा विधानमा महासचिव र कोषाध्यक्ष भने मनोनीत हुने प्रावधान रहेको छ। यसअघि महासचिवका रूपमा इन्द्रमान तुलाधर रहेका थिए। तुलाधर शेर्पा पक्षमा खुलेपछि नेम्वाङ पक्षले राईलाई महासचिवको जिम्मेवारी दिएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.