|

भक्तपुर : नेपाल प्रहरीले ज्यान मार्ने उद्योग मुद्दामा फरार एक जनालाई पक्राउ गरेको छ। 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बुधबार मध्यपुर थिमीका ४६ वर्षीय रमेश राजवाहकलाई पक्राउ गरेको हो।

राजवाहक मोरङको विराटनगरस्थित उच्च अदालत गेटअगाडि  गत वर्ष असोज १० गते कमलसिंह लामालाई खुकुरी प्रहार गरी फरार  थिए।

ब्युरोका प्रहरी उपरीक्षक कमल थापाले ज्यान मार्ने उद्योगमा फरार रहेका राजवाहकलाई जिल्ला प्रहरी कार्यालय मोरङको अनुरोधमा भक्तपुरबाट पक्राउ गरेको जानकारी दिए।

राजवाहकलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि बुधबार नै जिल्ला प्रहरी कार्यालय मोरङ पठाएको प्रहरी उपरीक्षक थापाले बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.