|
फाइल फोटो

काठमाडौं : वैशाखयता विपदका घटनामा ८२ जनाको मृत्यु भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांकअनुसार गत वैशाख १ देखि बुधबारसम्म ८०५ वटा विपद्का घटना भएका छन्।

सबै भन्दा बढी चट्याङ लागेर २७ जनाको मृत्यु भएको छ। त्यस्तै वन्यजन्तुको आक्रमणबाट १२, पहिरोमा परेर १०, आगलागीबाट १९ र हावाहुरीको कारण आठजनाको मृत्यु भएको छ।

प्राधिकरणका अनुसार सर्पदंशबाट ३ र बाढीका कारण दुईजनाको मृत्यु भएको छ। यी घटनामा १८७ जना घाइते भएका छन् भने एक हजार ६९ परिवार प्रभावित भएका छन्।

प्राधिकरणका अनुसार यो अवधिमा ५७ करोड  ३६ लाख भन्दा बढीको भौतिक क्षति भएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.