|

काठमाडौं : लामो समयदेखि युद्धको मार खेपिरहेको युक्रेन युरोपेली संघको सदस्य बन्ने प्रयासमा अघि बढेको छ। 

आज हुने युरोपेली संघ (इयु)को शिखर सम्मेलनमा युक्रेनलाई सदस्यको उम्मेदवारका रुपमा स्वीकार गरिने भएको छ। गत फेब्रुअरीमा रुसले आक्रमण सुरु गरेपछि युक्रेनले इयुको सदस्य बन्न आवेदन दिएको थियो। यो आवदेनलगत्तै उसलाई सदस्यको उम्मेदवारका रुपमा शिखर सम्मेलनमा लैजाने प्रक्रिया तीव्र रुपमा अघि बढेको थियो। 

युक्रेनका लागि इयुका राजदूत सेभोलोद जेन्त्सोभले युक्रेनी नागरिकको मनोवैज्ञानिक प्रोत्साहनका लागि पनि सदस्यको उम्मेदवारका रुपमा शिखर सम्मेलनमा स्वीकार गरिएको बताए। तर सदस्य नै बन्ने कुराको प्रक्रिया भने युद्ध सकिएपछि मात्रै सुरु हुने उनको भनाइ छ। इयुमा सदस्यको उम्मेदवारका रुपमा स्वीकार गरिनु सदस्य बन्ने पहिलो खुड्किला हो । तर उम्मेदवार बनेका कतिपय पश्चिम युरोपेली देशहरु कयौँ वर्षसम्म पनि इयुको सदस्य बन्न सकिरहेका छैनन्। 

अल्बानिया, उत्तरी म्यासेडोनिया, मोन्टेनिग्रो र सर्बिया वर्षौँदेखि इयु सदस्यको उम्मेदवार बनेर पनि सदस्यता नपाएका देशहरु हुन्। बोस्निया एण्ड हर्जगोभिनाले उम्मेदवारीकै लागि सन् २०१६ मा दिएको आवेदनसमेत अलपत्र परेको छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.